मिति २०७७ साल फागुन २ गते राशिफल

आजको पञ्चाङ्ग

२०७७ साल फाल्गुन २ गते आईतवार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
माघ शुक्लपक्ष तृतीया रात्रि १:४२बजेसम्म
नक्षत्र- पुर्व भाद्रपद दिउसो ४:३६बजे सम्म त्यसपछि उ.भा.
योग- शिद्ध रात्रि १:२१बजेसम्म
करण- तैतिल दिउसो १:३६ बजेसम्म
चन्द्रमा- कुम्भ राशि १०:१३ सम्म त्यसपछि मीन
तदनुसार फेब्रुवरी १४ २०२१

आजको राशिफल

मेष=अर्थपूर्ण काम कार्यको सुरुवात रहनेछ ।घर परिवारमा रमाइलो हुनेछ। मन खुशी रहनेछ।धार्मिक तथा मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

बृष=बौद्धिक प्रतिभा बढ्नेछ ।प्राप्त अवसरलाई सहि सदुपयोग गर्नुहोला ।आर्थिक उपलब्धिका श्रोतहरु प्राप्तहुनेछन। मनमा केही शंका रहन भने सक्नेछ ।

मिथुन=स्वास्थ्यमा समस्या आउन सक्नेछ, खान पिनमा बिचार पुर्याउनुहोला। खर्चको मात्रा बढेर जानेछ। मनमा शंका उपशंका रहने सक्नेछ।

कर्कट=महत्त्वपूर्ण काम कारोबारको थालनी हुन सक्नेछ ।आफन्तले सर-सहयोग गर्नेछन् भने संयम अपनाउन पर्ने पनि देखिन्छ केही अनिष्ट को योग रहेको छ।

सिंह =मन खुशी रहनेछ। साथिभाइ संगको सहकार्य अनि कृयाशिलता बढ्नेछ।आफ्नो कृतिप्रदाएक काम सम्पन्न भएको देख्दा सबैजना प्रभाबित हुन सक्नेछन्।

कन्या =अध्यन अध्यापन मा राम्रो सफलता मिल्नेछ। दाम्पत्य जिवनमा खुशियाली छाउनेछ। स्वास्थ्यमा उल्लेख्य सुधार हुनेछ।मन संतोषजनक रहनेछ।

तुला=चंचल पन रहन सक्नेछ । हात लागेको काम कारोबार फुत्किन सक्नेछ ।खर्चको मात्रा बढेर जजानेछ ।मनमा शंका उपशंका रहने सक्ने योग रहेको छ।

बृश्चिक=ग्रह उल्टो तरिकाले चल्न सक्नेछ सम्यमित हुनुहोला।आफुले गर्नुपर्ने काममा ध्यान नपुर्याउदा अरुले तेसको फाइदा लिन सक्नेछन् चनाखो रहनुहोला।

धनु=जस्तोसुकै जोखिममा परेर पनि आफ्नो महत्वपूर्ण काम कार्यलाई सफल बनाउन सक्नुहुनेछ ।आर्थिक तथा सामाजिक रुपमा सफलता मिल्नेछ।

मकर=धन अनावश्यक खर्च हुने योग देखिन्छ।साथीहरू सङ्ग्को सम्बन्ध राम्रो छ।

कुम्भ=भाग्योदय हुने देखिन्छ। घरमा खुसीयाली छाउने छ।मान प्रतिष्ठा बढ्ने छ।

मीन=कुनै पनि काम कारोबारमा गर्दैहुनुहुन्छ भने ख्याल पुर्याउनु नै उत्तम हुनेछ अन्यथा घाटा आफैले बेहोर्नुपर्नेछ। मन अतालिन सक्नेछ ।आफुले गरेको परिश्रम र मेहेनत अनुरुप सफलता नमिल्दा मनमा नैरस्यता रहनेछ।

ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९