तारकेश्वर नगरपालिका वडा नं १० मा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण तथा निशुल्क आँखा शिविर सञ्चालन

तारकेश्वर फागुन,२ । तारकेश्वर नगरपालिकाको शहरी स्वास्थ्य केन्द्र वडा नं१० मा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण तथा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार सन्चालन भएको कार्यक्रममा वडा नं १० को ७० बर्ष भन्दा माथिका ९६ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो।

नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सन्चालन भइरहेको कार्यक्रम तारकेश्वर नगरपालिकाको वडा नं १ , २, ७, ८ ,१०,१२,१३ नम्बर वडामा सम्पन्न भईसकेको छ भने ९,११,४,५,३,७ नम्बर वडामा बाँकी रहेको आयोजकले बताएको छ।

साथै स्वास्थ्य शाखाले पनि जेष्ठ नागरिकहरुको निशुल्क आँखा जाँच तथा प्रयोगशाला परीक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

२ फाल्गुन २०७७, आईतवार