नुवाकोटका दिपेश लामा काठमाडौंमा मृत अवस्थामा भेटिए

तारकेश्वर फागुन, २ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका घर भएका दिपेश लामा नाम गरेका मानिस काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा मृत अवस्थामा फेला परेका छन्।

लामाको उमेर ३८ बर्ष भएको र आफ्नै डेरामा मृत अवस्थामा रहेको प्रहरीले बताएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका प्रहरी प्रमुखले घटनाको अनुसन्धान भइरहेको बताए।