प्रचण्ड-माधव समुहको नेकपाले चौथो चरणको आन्दोलनको घोषणा गर्यो

तारकेश्वर फागुन ,२ । प्रचण्ड-माधव समुहको नेकपाले प्रतिगमन विरुद्ध चौंथो चरणको आन्दोलनको घोषणा गरेको छ।

नेकपा केन्द्रीय संघर्ष समितिले आईतबार पत्रकार सम्मेलन गरेर प्रतिगमन विरुद्धको आगामी आन्दोलनहरूलाई शसक्त बनाउने निर्णय गरेको छ।

प्रचण्ड माधव समुहको नेकपाले फागुन ६ गते विहिबार टुँडिखेलमा वृहत जनप्रदर्शन गर्ने र ९ गते देशव्यापी रूपमा महिलाहरुको आन्दोलन प्रदर्शन गर्ने निर्णय गरेको छ।