नुवाकाेट वाट यु-१३ उमेर समुहका ९ खेलाडि छनाैट,फुटवलमा भविष्य खाेज्दै

नुवाकोट-फागुन २ अखिल नेपाल फुटबल संघ(एन्फा)केन्द्रीय समितिकाे निर्देशन र परिपत्र अनुसार नुवाकाेट जिल्ला फुटवल संघले यु-१३ खेलाडिहरुकाे छनाैट सम्पन्न गरेकाे छ।
एन्फा केन्द्रीय समितिले आगामि २०७८ सालवाट क्लवहरु सङ्ग सहकार्य गरि एकेडेमि सन्चालन गर्ने निर्णय अनुसार साे एकेडेमिहरुका लागि १३ वर्ष कम उमेरका खेलाडि छनाैटकाे लागि देशभरिका ४८ जिल्ला संघहरु लाई गरेकाे परिपत्र अनुसार नुवाकाेट जिल्लामा पनि विभिन्न विद्यालय र खुल्ला रुपमा सुचना प्रकासन गरि सम्पर्कमा आएका खेलाडिहरु बिच आन्तरिक प्रतिस्पर्धा गरि अन्तिम ९ खेलाडि छनाैट गरिएकाे वागमति प्रदेश ग्रासरुट व्यवस्थापक देवनारायण चित्रकारले बताउनु भयाे।
जन्मदर्ताकाे प्रमाणपत्रका आधारमा २०६५ असाेज १५ गते देखि २०६६ असाेज १४ गतेका विचमा जन्मिएका खेलाडिहरु मात्रै समावेश गर्न सकिने भएकाले साेहि उमेर समुहका ९ खेलाडिहरु मात्रै छनाेट गरि केन्दमा पठाईएकाे साहायक प्रशिक्षक रविन्द्र भुजेलले जानकारि दिनुभयाे।उहाँका अनुसार छनाैट गरिएका खेलाडिहरु एन्फा केन्द्रीय समितिकाे तालिका अनुसार काठमाडौंमामा पुन छनाैटका लागि लगिने बताउनु भयाे।
छनाैट भएका खेलाडिहरुमा युकेश पनेरु,आयुष प्याकुरेल,राेहत डंगाेल,शिशिर तामाङ,राेहन मानन्धर ,प्रनित तामाङ,आयुष चित्रकार ,जेनिस चित्रकार साेनम तामाङ रहेका छन्। छनाैट भएका खेलाडिहरुमा युकेश पनेरु ११ वर्षकाे उमेरमै गतवर्ष नुवाकाेट जिल्ला लिग खेलेका खेलाडी समेत हुन्।