बालमैत्री नगर बन्दै धुलिखेल नगरपालिका
तारकेश्वर फागुन, ३ । धुलिखेल नगरपालिका काभ्रेको बालमैत्री स्थानीय तह बन्दै गएको छ ।
धुलिखेल नगरपालिकाको बाल संजालले वडा नं १२ को विभिन्न विद्यालयका विद्यार्थीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।
तालिममा नगरपालिकाको विभिन्न विद्यालयबाट विद्यार्थीहरु सहभागी भएका थिए ।
विद्यार्थीहरुको क्षमता अभिवृद्धि कार्यक्रममा जिल्ला बालक्लब संजालका उपाध्यक्ष, नगर बाल संजालका सदस्यहरु र धुलिखेल नगरपालिका वडा नं १२ को वाल सहजकर्ता रोजिना श्रेष्ठले विद्यार्थीहरुलाई तालिम प्रदान गरेका थिए।
कार्यक्रममा विभिन्न विद्यालयको बालक्लब पनि गठन गरिएको थियो। धुलिखेल नगरपालिकालाई जिल्लाको प्रथम बालमैत्री नगर घोषणा गर्ने उद्देश्य रहेको धुलिखेल बाल संजालले बताएको छ।
३ फाल्गुन २०७७, सोमबार