नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माणले २ अर्व ३५ करोड रुपैयाँ बचतः प्रधानमन्त्री ओली

तारकेश्वर फागुन, ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रेस ब्रिफिङलाई सम्बोधन गर्दै आफु प्रधानमन्त्री भएपछि ३ बर्षको अवधिमा गरेको कामलाई अंकमा प्रस्तुत गरेका छन्।

ओलीले आफु प्रधानमन्त्री भएपछि देशमा अर्थिक वृद्धिदर बढेको दाबी समेत गरेका छन्। साथै उनले नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएसँगै २ अर्व ३५ करोड रुपैयाँ बचत भएको बताएका छन् ।

जुन काम सुरु गरेको १७ महिनामा नै परियोजना सम्पन्न भएको थियो ।

ओलीले पहिलेका सरकारले ओरको ईट्टा पर नसारेको भए पनि आफु प्रधानमन्त्री भएपछि विकासका कामले गति लिएको बताईरहेका छन् ।