तीनवर्षसम्म चिट चोर्दा र सेन्टर कब्जा गर्दासमेत प्रधानमन्त्री फेलः संयोजक पाण्डे

तारकेश्वर , ३ फागुन । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली तीनवर्षमा पूर्णत असफल भएको टिप्पणी गरेका छन् ।

पार्टीले प्रतिनिधि सभा विघठनविरुद्ध रत्नपार्क शान्तिवाटिकामा आजदेखि सुरु गरेको प्रदर्शन कार्यक्रमलाई सम्बाधेन गर्दै संयोजक पाण्डेले सरकार गठन गरेको तीनवर्ष पुग्दा ओलीे चिट चोर्दा, सेन्टर कब्जा गर्दा र आफै कापी जाँच्दा समेत पूर्णत असफल भएको जिकिर गरे ।

पाण्डेले प्रधानमन्त्री ओलीलाई स्ट्यान्डप कमेडियन हुनु र प्रधानमन्त्री बन्नुमा फरक रहेको भन्दै व्यङ्ग्य गरे।

हजुरबुबाले ल्याएको प्रजातान्त्र, बाले ल्याएको लोकतन्त्र अनि काकाले ल्याएको गणतन्त्र जोगाउन आफ्नो पुस्ता सक्षम रहेको कुरा पनि संयोजक पाण्डेले प्रष्ट पारे।

विरोध सभामा बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले पुरातनवादी राजनीतिक संस्कार सुधभर्न विवेकशील साझा पार्टी प्रतिवद्ध भएर लागेको भन्दै सबै कार्यकर्ता र शुभचिन्तकलाई हौसला कायम राख्न आग्रह गरे । सो कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य रजनी केसिले केपी ओलीको निरंकुशता र प्रतिगमनतर्फको यात्राका विरुद्ध अफुहरु लगातार संघर्षमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बृतान्त खनाल लगायतले धारणा राखे ।
पार्टीको अभियान विभागले प्रतिगमनविरुद्ध प्रतिरोध अभियान आयोजना गरेको हो ।अभियान दश दिनसम्म दैनिक साँझ ४ बजे रत्नपार्ककको शान्तिवाटिकामा आयोजना हुने पार्टीका अभियान विभाग प्रमुख प्रमेश श्रेष्ठले बताए ।

३ फाल्गुन २०७७, सोमबार