तारकेश्वर नगरपालिकाले माघ महिनामा उठायो १० लाख ७५ हजार राजश्व

तारकेश्वर फागुन ,३ । तारकेश्वर नगरपालिकाले चालु आर्थिक वर्ष ०२७७/७८ को माघ महिनाको मासिक आम्दानी विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाले विभिन्न ८ ओटा शिर्षकमा आन्तरिक राजस्व संकलन गरेको थियो।
तारकेश्वर नगरपालिकाले सम्पत्ति कर अन्तर्गत १ लाख ६४ हजार ३ सय ५३ ,भूमि कर तथा मालपोतबाट २४ हजार ८ सय १५ ,वहाल विटौरी कर बाट ३४ हजार ७ सय ८० , सिफारिस दस्तुरबाट ८ लाख ९ हजार ९ सय ९४, व्यक्तिगत घटना दर्ता दस्तुरबाट १सय ५८ अन्य दस्तुरबाट २४ हजार २ सय ५० व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट १६ हजार ८ सय ७५ अन्य राजश्वबाट ४ सय ६० रुपैयाँ रकम संकलन गरेको छ ।
माघ १ गते देखि माघ २९ गते सम्म जम्मा १० लाख ७५ हजार ६ सय ८५ रुपैयाँ राजस्व संकलन भएको छ।