विदुर नगरपालिकामा मेयर र उपमेयरसहित अधिकांश प्रचण्डमाधव समुहमा, एकजना वडाध्यक्ष ओलीतिर

नुवाकोट, ४ फागुन । नुवाकोटको विदुर नगरपालिकामा अधिकांश जनप्रतिनिधि प्रचण्ड माधव समुहमा देखिएका छन् ।

नगरपालिकाका मेयर सन्जु पण्डित र उपमेयर गिता कुमारी दाहाल सहित अधिकांश वडाध्यक्ष नेकपा प्रचण्ड माधव समुहको समर्थनमा उभिएका हुन् । विदुर नगरपालिकामा केपी ओली नेतृत्वमा प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र प्रतिगमन भन्दै नगरपालिकाको वडा नं १, ४, ६, ९, ११ र १२ का अध्यक्षहरु क्रमशः लेलिन रञ्जित, टलकमान श्रेष्ठ, राजु सडौला, शनि चित्रकार, तोयानाथ तिम्सिना, र सिताराम अर्याल लगायतका वडाध्यक्ष प्रतिगमन विरुद्ध अर्थात् प्रचण्ड माधव समुहको समर्थनमा उभिएका छन् ।

केपी ओलीपक्षीय नेकपामा भने वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारको मात्र देखिएका छन् । वडा नं २, ३, ७, ८, १० र १३ नम्बरका वडाध्यक्ष काङ्ग्रेसका हुन् । नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै तत्कालीन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा भाग लिएका थिए । अहिले नगरपालिकाको मेयर, उपमेयर र अधिकांश वडाध्यक्ष संसद विघटनका विरुद्ध सक्रिय रहने जनाएका छन् ।