भ्रष्ट र भ्रष्टाचारका सम्बन्धमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन: प्रधानमन्त्री ओली

तारकेश्वर फागुन, ४ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरु सँगको साक्षात्कार कार्यक्रममा आफु प्रधानमन्त्री भएको ३ बर्ष हुँदाको समयमा गरेका कामहरु प्रस्तुत गरेका थिए।

ओलीले आर्थिक र सामाजिक क्षेत्रमा नेपालको निरन्तर विकास हुँदै आएको बताएका थिए ।

ओलीले भ्रष्टाचारीहरु प्रति आक्रोश व्यक्त गर्दै जो जति सुकै उच्च ओहोदामा रहेका वा कतित पहुँचवाला भएपनि मुख हेरेर सँजाय नतोकिने बताए ।

भ्रष्टाचार, राजश्व छलि गर्ने सबैलाई कानुनले नछोड्ने बताए । कार्यक्रममा ओलीले प्रचण्ड तर्फ इसारा गर्दै भने: भ्रष्ट र भ्रष्टाचारका सम्बन्धमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन।

ओलीले वर्तमान संवैधानीक आयोग विगतका सरकारको पालाको जस्तो नभएको बताउँदै देश प्रति जिम्मेवार हुन सम्पूर्ण पत्रकार, सामाजिक सञ्जाल र नागरिकहरुलाई अनुरोध समेत गरेका थिए ।