आज मिति २०७७ फागुन ५ गते राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन ५ गते बुधबार (स्कन्द षष्ठी)
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
माघ शुक्लपक्ष षष्ठी अहोरात्र
नक्षत्र- अश्विनी रात्रि ११:०७बजे सम्म त्यसपछि भरणी
योग- शुक्ल रात्रि २:४८बजेसम्म
करण- कौलव बेलुकी ७:१६ बजेसम्म
चन्द्रमा- मेष राशि
तदनुसार फेब्रुवरी १७ २०२१
आजको राशिफल
मेष =तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।
बृष =चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्।
मिथुन =उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
कर्कट =आज धनलाभको संभावना छ , साथै टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसंग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ ।
सिंह =मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ, । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला।
कन्या =काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ।
तुला =अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।
बृश्चिक =प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ।
धनु =कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ।
मकर =यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ। विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ।
कुम्भ =इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ।आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
मीन =बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ। आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। सोचेभन्दा कम फाइदा मिल्नेछ ।
ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९