अष्ट्रेलियामा रहेका न्यौपानेले गरे लियो क्लब अफ काठमाडौं एभरेष्ट सेन्टिनियल ओमीनलाई सहयोग 

नुवाकोट फागुन,५ । अष्ट्रेलियाबाट नुवाकोटका शिशिर न्यौपानेले लियो क्लब अफ काठमाडौं एभरेष्ट सेन्टिनियल ओमीन क्लबलाई आर्थिक सहयोग गरेका छन् ।

नुवाकोट लिखु गाउँपालिका वडा नं २ घर भएका न्यौपाने हाल अष्ट्रेलियामा बसेर अध्यापन गर्दै आएका छन् ।

फागुन ४ गते मंगलबार जन्मदिनको अवसरमा सामाजिक र परोपकारी मन भएका न्यौपानेले लियो क्लब अफ काठमाडौं एभरेष्ट सेन्टिनियल ओमीन संस्थालाई आर्थिक सहयोग गरेको संस्थाका उपाध्यक्ष रन्जना नेपालले बताइन ।

न्यौपानेले गरेको सहयोग रकमबाट क्लबले ३० जनालाई खाना खुवाएको र आर्थिक सहयोग समेत गरेको थियो ।हाल संस्थाको अध्यक्ष सुधा पन्त रहेकी छन्।

कल्बले निम्न आर्थिक अवस्था भएका र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको कल्बको उपाध्यक्ष रहेकी रन्जना नेपालले बताइन।

५ फाल्गुन २०७७, बुधबार