भागरथी भट्टको बलात्कारपछि हत्याको आरोपमा दिनेश भट्ट पक्राउ

तारकेश्वर फागुन, ५ । बैतडीको दोगडा केदार गाउँपालिकाकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनि अध्ययन गर्ने विद्यालयकै छात्र दिनेश भट्ट पक्राउ परेका छन्।

दिनेश भट्ट पनि सोहि विद्यालय सनातन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्थे ।

प्रहरीले भट्टलाई बुधबार दिउँसो सार्वजनिक गर्ने भएको छ। माघ २१ गते विद्यालयबाट घर हिँडेकी भगरथीको भोलिपल्ट शव फेला परेको थियो। प्रहरीसँगको बयानमा भट्टले भागरथीको बलात्कार र हत्यामा आफू संलग्न रहेको बताएका छन्।