फागुन ६ गते विहिबारको राशिफल

आजको पञ्चाङ्ग २०७७ साल फाल्गुन ६ गते बिहीबार १९४२ शंक सम्वत, ११४१ ने.सं. प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु: माघ शुक्लपक्ष षष्ठी बिहान ७:०५बजेसम्म नक्षत्र- भरणी रात्रि १:४४ बजे सम्म त्यसपछि कृतिका योग- ब्रम्ह रात्रि ३:४६ बजेसम्म करण-तैतल ८:३४बजेसम्म चन्द्रमा-मेष राशि तदनुसार फेब्रुवरी १८ २०२१

आजको राशिफल मेष =आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ।

बृष =आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ।

मिथुन =परिवारको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्।

कर्कट =राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला।

सिंह =हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहने छ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नु होला।

कन्या =सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरीप्रति टिप्पण…