प्रचण्ड माधव समुहको केन्द्रीय कमिटीको बैठक सुरु, निर्वाचन आयोग चुनावको तयारीमा

काठमाडौं फागुन ,७ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहको केन्द्रीय कमिटीको बैठक पेरिसडाँडामा शुक्रवार १ बजे सुरु भएको हो।
हिजो आफू निकटका केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित बैठकमा उपस्थित हुन भनेको थियो । हाल प्रचण्ड–माधव समुहले चौंथो चरणको आन्दोलन गरिरहेको छ।
प्रचण्ड माधव समुहको नेकपा निरन्तरको आन्दोलनमा रहँदै गर्दा निर्वाचन आयोगले भने मध्यावधि निर्वाचनको तयारी अघि बढाएको छ।
नेकपा केन्द्रीय कमिटीको ४४१ सदस्यमा ३०० भन्दा बढी आफ्नो पक्षमा भएको दावी गर्दै आएको प्रचण्ड माधव समुहको नेकपाले माघ २० गते वैधानिकताको लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
७ फाल्गुन २०७७, शुक्रबार