तारकेश्वरको वडा नं १ मा बेरोजगार व्यक्तिहरुको सुचिकरणको काम सुरु

तारकेश्वर फागुन, ७ । तारकेश्वर नगरपालिका वडा नं १ ले बेरोजगार व्यक्तिहरुको सुचिकरणको काम सुरु गरेको छ।
आ.व ०७८र०७९ को लागि देशभरिनै बेरोजगार व्यक्तिहरुको सुचिकरणको काम भईरहेको वेलामा तारकेश्वरको ११ ओटै वडाले बेरोजगार व्यक्तिहरुको सुचिकरणको कामलाई तिव्रता दिएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाको न्युनतम रोजगारीमा संलग्न हुन इच्छुक व्यक्तिहरूले फागुन मसान्तभित्र आ–आफ्नो वडाको वडा कार्यालयमा सम्पर्क गर्न सकिने बताएको छ।
तारकेश्वर नगरपालिका वडा नं १ ले फागुन ७ गते शुक्रबार सुचना प्रकाशित गर्दै फागुन मसान्तभित्र स्थानीय बेरोजगार नागरिकहरुलाई वडामा सम्पर्क राख्न सकिने वडाध्यक्ष विदुर सापकोटाले बताए।