प्रदेश नं २ को प्रदेश प्रमुखमा राजेश झा

काठमाडौं फागुन,७ । शुक्रबार प्रदेश नं २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्ति भएका छन।

गत शुक्रवार राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियारलाई पद मुक्त गरेपछि प्रदेश २ मा प्रदेश प्रमुखको पद रिक्त भएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन