आज मिति २०७७ साल फागुन ९ गतेको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन ९ गते आइतबार (द्रोण नवमी)
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
माघ शुक्लपक्ष नवमी दिउसो १:०६बजेसम्म
नक्षत्र- रोहिणी बिहान ६:४१बजे सम्म त्यसपछि मृगशिरा
योग- बिष्कुम्भ भोलि बिहान ५:४४ बजेसम्म
करण-कौलव दिउसो ३:५६ बजेसम्म
चन्द्रमा- वृष राशि बेलुका ७:४४ सम्म त्यसपछि मिथुन
तदनुसार फेब्रुवरी २१ २०२१
आजको राशिफल
मेष = काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ, भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।
बृष = अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
मिथुन = समयले कम साथ दिनेछ । मनमा गलत विचार बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला ।
कर्कट = गलत विचार मनबाट हट्नेछ । स्वास्थ्यम सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । आफन्तबाट सामान्य सहयोग पाईनेछ ।
सिंह =मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
कन्या =स्वास्थ्य कमजोर रहनेछ र प्रतिकूल परिस्थितिसँग जुध्नुपर्ने हुन सक्छ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
तुला = सोचे जस्तो कहि कतै हुने छैन । अर्थ अभावको कारण योजना अगाडि बढाउन गाह्रो हुनेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ ।
बृश्चिक = नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ ।
धनु = प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।
मकर = मनमा गलत विचार बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । कारोवार गर्दा अलि सजक रहनु होला।
कुम्भ =लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । अतिथि खर्च बढ्नेछ अध्ययनमा विशेष प्रगति हुनेछ ।
मीन =श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् ।
ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९