नागार्जुन नगरपालिकामा सडक मानिसलाई राख्ने भवनको निर्माण सम्पन्न
काठमाडौं, फागुन ९ । नागार्जुन नगरपालिकामा न्युन आय भएका व्यक्तिहरू राख्नको लागि भवन आइतबार नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
भवन नागार्जुन नगरपालिकाको रानीवन स्थित वडा नं १ मा निर्माण गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको सौजन्यमा निर्माण गरिएको उक्त भवन मन्त्री परिषदको निर्णयले नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
आईतबार एक कार्यक्रमकाबीच नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले मानव सेवा केन्द्र मार्फत व्यवस्थापनको लागि बार्षिक रुपमा २० लाख अनुदान दिने घोषणा गरेका छन् ।
उक्त अनुदान रकम नगरपालिका भित्रका सडकमा रहेका असहाय, बेसहारा मानिसहरूलाई उद्दार गरि खानपिन र आवासको काममा खर्च हुने बताइएको छ ।