काठमाडौ जिल्ला सहकारी संघ तारकेश्वर नगर समिति गठन

तारकेश्वर फागुन १० । सोमबार जिल्ला सहकारी संघ काठमाडौँ नगर स्तरीय उप-समितिहरु गठन गरिएको छ।

जिल्ला सहकारी संघ काठमाडौँको आयोजनामा गरिएको उक्त कार्यक्रममा काठमाडौं जिल्ला भित्र रहेका १० ओटा नगरपालिका सहकारी संघका नगर स्तरीय उप-समितिहरुलाई सपथग्रहण गरिएको थियो राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङ्ग लगायतका सहकारी संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङ्गले नगरपालिकाको जिल्ला सहकारी संघका उपसमितिमा मनोनित भएका पदाधिकारीहरुलाई सपथग्रहण गराएका थिए।

त्यस्तै तारकेश्वर नगरपालिकाको जिल्ला सहकारी संघ लिमिटेड नगर स्तरीय उप-समितिको अध्यक्षमा राधाकृष्ण खड्की चयन भएका छन्।

१० फाल्गुन २०७७, सोमबार