आज मिति २०७७ साल फागुन ११ गतेको राशिफल
आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन ११ गते मङ्गलबार(भीमा एकादशी)
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
माघ शुक्लपक्ष एकादशी दिउसो ३:२९ बजेसम्म
नक्षत्र- आर्द्रा १०:१८ बजे सम्म त्यसपछि पुनर्वसु
योग-आयुष्मान भोलि बिहान ४:४६बजेसम्म
करण-भद्रा बेलुकी ६:२१ बजेसम्म
चन्द्रमा- मिथुन राशि भोलि बिहान ४:१२ सम्म त्यसपछि कर्कट
तदनुसार फेब्रुवरी २३ २०२१
आजको राशिफल
मेष =तपाइलाइ राजयोगको प्रभाव रहने देखिन्छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। देश काल बुझेर काम गर्नुहोला राम्रो हुनेछ।
बृष =कसैको बोलिको प्रभाबमा नपर्नुहोला अन्यथा मिठो बोली बोलेर तपाईंको ब्यबाहारमा आँच पुरयाउन सकृय रहनेछन् ।बिवाद बढ्न सक्नेछ ।
मिथुन =आफ्नो घर परिवार तथा समाजमा मेलमिलापको वातावरण बन्नेछ। कुनै काम गर्नुपर्दा सहकार्यमा गर्दा फाइदा मिल्ने योग रहनेछ ।
कर्कट =ग्रह उल्टो तरिकाले चल्न सक्नेछ सम्यमित हुनुहोला।आफुले गर्नुपर्ने काममा ध्यान नपुर्याउदा अरुले तेसको फाइदा लिन सक्नेछन् चनाखो रहनुहोला।
सिंह =जस्तोसुकै जोखिममा परेर पनि आफ्नो महत्वपूर्ण काम कार्यलाई सफल बनाउन सक्नुहुनेछ ।आर्थिक तथा सामाजिक रुपमा सफलता मिल्नेछ ।
कन्या =ख्याल पुर्याउनुहोला।मनमा चन्चलता उत्पन्न हुन सक्नेछ। आफुले गर्नुपर्ने काममा ध्यान नपुर्याउदा अरुले फाइदा लुट्नेछन।
तुला =सुख सौभाग्यका अवसरहरु प्राप्त हुन सक्नेछन् ।अध्यन अध्यापनमा सफलता मिल्नेछ ।कृषि सम्बन्धि काम कार्य गर्नाले आर्थिक पक्ष मजबुत हुनेछ ।
बृश्चिक =समयको धेरै समय कामको चासो रहनेछ।लामो यात्रा गर्नुपर्ने योग रहेकोछ। नयाँ नयाँ मित्रहरु बन्नेछन् ।सहयोग र सहकार्यको बिकास हुनेछ।
धनु =आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। सहकार्यमा गरेको काममा सफलता मिल्नेछ। आँखा सम्बन्धी रोगले भने सताउन सक्ने देखिन्छ।
मकर =पशु चौपाय बाट लाभ लिन सकिनेछ। आर्थिक हिसाब किताबमा पारदर्शिता रहनेछ। सबै जनाले आफ्नो गुणगान गाउनेछन सम्मानित हुने योग रहनेछ।
कुम्भ =महत्वाकांक्षी योजनामा फसिन सक्ने देखिन्छ सम्यमित रहनुहोला। यात्रा गर्ने योग रहेको । ईष्टमित्र तथा साथिभाई संगको भेटघाटमा समय बित्नेछ।
मीन =समय मद्यम रहन सक्नेछ कुनै काम कारोबार गर्दा ध्यान दिएर लगनशिल स्वभाबमा गर्नुहोला। साथिभाइ तथा आफन्त बाट जस अपजस पाइनेछ ।
ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९