संसद विघटन विरुद्ध परेको रिटमा सर्वोच्च छिट्टै फैसला सुनाउने तयारीमा

काठमाडौं फागुन, ११ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिटहरुमा फैसला सुनाउने तयारी अघि बढाएको छ।
अब बढिमा दुई तीन दिन भित्रै सर्वोच्च आफ्नो अन्तिम फैसला सुनाउने तयारीमा देखिन्छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई सदर गर्छ कि बदर गर्छ भन्ने चासोले सबैको ध्यान सर्वोच्च तिर नै केन्द्रित देखिएको छ।
संसद विघटनमा सोमबारबाट सुनुवाईको सबै प्रक्रिया पूरा भएपछि आजबाट “हेर्दाहेर्दै” मा पेसी तोकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा दुई खेमामा बाँडिएको छ ।
एउटा खेमा संसद विघटनको पक्षमा छन भने अर्को खेमा संसद पुनर्स्थापनाको माग राख्दै आएका छन्।