निर्वाचन आयोग जुट्यो चुनावको तयारीमा
काठमाडौं फागुन, ११ । निर्वाचन आयोगले मध्यावधि चुनावको तयारीमा तिव्रता दिएको छ।
आयोगले चुनावको लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ। मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका सामाग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरेको जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगले ढिलासुस्ती गरेको भन्ने बताए सँगै आयोगले निर्वाचनमा आवश्यक सामग्री खरिदको प्रक्रियालाई तिव्रता दिएको हो।



