पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं फागुन, ११। नियमित स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेका पुर्व प्रधानमन्त्री तथा जसपा संघिय परिषद् अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

डा. भट्टराईलाई मंगलबार विहान ९ बजेबाट भारतको राजधानी दिल्ली स्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) मा भर्ना गरिएको हो।

मंगलबार दिनभर अस्पतालमा राखेर भट्टराईको सबै स्वास्थ्य परिक्षण गरिने डा. भट्टराईका प्रेस सल्लाहकार तथा जसपा केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन्।

डा.भट्टराई विगत लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पिडित छन्।