प्रचण्ड माधव निकट आदिवासी जनजाति संगठनको शान्तिबाटिकामा प्रदर्शन

काठमाडौं फागुन, ११। प्रचण्ड–माधव निकट आदिवासी जनजाति संगठनले मंगलबार शान्तिबाटिकामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सयौंको संख्यामा मानिसहरूको सहभागिता रहेको छ ।

 

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक कदम भएको भन्दै आदिवासी जनजाति महासंघ लगायत विभिन्न आदिवासी जनजातिहरु विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

विभिन्न किसिमका नारा र र्याली गर्दै जुलुस वसन्तपुर पुगेर कोणसभामा परिणत हुने बताइएको छ।