सञ्चारकर्मी लामिछानेले आफै खोले नयाँ टिभी

काठमाडौं, ११ फागुन । चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सन्चालनमा ल्याएका छन् ।
उनले नेपाली टेलिभिजन इतिहासमै पहिलो फोर के प्रविधिको टिभी सुरु गरेका हुन् । टिभीको नाम “ग्यालेक्सी फोर के” रहेको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर आफूले “ग्यालेक्सी फोर के” टेलिभिजन च्यानलको सुरुवात गरेको घोषणा गरेका लामिछानेले नयाँ टिभीमा सिधा कुरा ,द लिडर ,र कामका कुराजस्ता सर्वसाधारणको मुद्दाको बिषयमा कार्यक्रम ल्याउने बताए ।
ग्यालेक्सी फोर के टेलिभिजनको अध्यक्षमा डीबी राई, उपाध्यक्षमा छविलाल बन्जाडे र प्रबन्ध निर्देशकमा स्वयं लामिछाने रहेका छन् ।