संसद विघटनकाे निर्णय सर्वाेच्चद्वारा बदर,१३ दिनभित्र संसद बोलाउन आदेश

काठमाडौं,११ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्रीद्वारा गत पुस ५ गते गरेकाे संसद विघटनकाे निर्णयलाई बदर गरिदिएकाे छ । विघटनकाे विरुद्भमा परेकाे १३ वटा रिट उपर संवैधानिक इजलास तथा एमिकस क्युरीमा करिब डेढ महिना बहस सकिएपछि अदालतले मंगलबार संसद पुनर्स्थापना गर्ने आदेश जारी गरेको हाे । सर्वोच्चले १३ दिन भित्र संसद बैठक बोलाउन निर्देशन समेत दिएको छ ।

११ फाल्गुन २०७७, मंगलवार