सर्वाेच्चकाे आदेशपछि जनतामा खुसीयाली,ओली निकट कार्यकर्ता चिन्तामा 

 

नुवाकोट फागुन ,११ । संसद विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वाेच्चकाे निर्णय आएसँगै खुसियालिमा लिखु गाउँपालिका वडा नं ६ छहरे बजारमा साँझ दीपप्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

सर्वोच्चले संसद पुनर्स्थापनाको घोषणा गरेर १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएसँगै प्रचण्ड-माधव समुहको नेकपाले देशव्यापी रूपमा न्याय र संविधानको जीत भएको भन्दै खुसियाली मनाइरहेका छन् भने केपी ओली निकट नेता कार्यकर्ता मौन रहेका छन् ।

नुवाकोटमा नेकपासहित अन्य राजनीतिक दलहरुले पनि खुसी व्यक्त गरेका छन् ।

११ फाल्गुन २०७७, मंगलवार