नुवाकोटमा माधव–प्रचण्ड हिरो हो,केपि ओलि जिरो हो,भन्दै सर्वोच्चको फैसलाको स्वागत

नुवाकोट फागुन , १२ । नुवाकोटमा माधव प्रचण्ड हिरो हो,केपि ओलि जिरो हो,भन्दै सर्वोच्चले गरेको संसद पुनःस्थापनाको फैसलाको स्वागत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा समेत गरिसकेका थिए।

सर्वोच्च अदालतले केपी शर्मा ओलीको निर्णयलाई बदर गर्दै फागुन ११ गते मंगलबार संसद पुनःस्थापना हुने घोषणा गरेसँगै नुवाकोटका अधिकांश जनताहरूले खुसी मनाएका छन् ।

बुधबार दिउँसो ३ बजे नुवाकोटको सदरमुकाम विदुरमा संसद पुर्नस्थापनाको स्वागत कार्यक्रम रहेको छ ।

१२ फाल्गुन २०७७, बुधबार