संसद पुनःस्थापनाको खुशीमा एन आर र ग्रामीण क्याम्पसका विद्यार्थीले गरे दिपप्रज्वलन

काठमाडौं फागुन, १२। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई संविधानको मर्म विपरित गरेको भन्दै सर्वोच्चले संसद पुनर्स्थापना गर्ने घोषणा गरे सँगै मानिसहरू देशव्यापी रूपमा खुशी मनाइरहेका छन् ।
फागुन ११ गते सर्वोच्चले संसद विघटनलाई बदर गरेर संविधानको रक्षा गरेको खुशीयालीमा काठमाडौं तारकेश्वर नगरपालिकाको एन आर र ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत नुवाकोटका विद्यार्थीहरूले दिपप्रज्वलन गरेका छन्।
नुवाकोटको विद्यार्थीहरुको आयोजनामा सम्पन्न भएको दिपप्रज्वलन कार्यक्रममा नुवाकोटका विद्यार्थी नेताहरूको बाक्लो उपस्थिति रहेको थियो।
१२ फाल्गुन २०७७, बुधबार