आज मिति २०७७ साल फागुन १३ गतेको राशिफल

- आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन १३ गते बिहीबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
माघ शुक्लपक्ष त्रयोदशी दिउसो ३:५२ बजेसम्म
नक्षत्र- तिष्य १२:०३ बजे सम्म त्यसपछि अष्लेशा
योग-शोभन राति १:२१बजेसम्म
करण-तैतिल बेलुकी ५:३७ बजेसम्म
चन्द्रमा- कर्कट राशि
तदनुसार फेब्रुवरी २५ २०२१
आजको राशिफल
मेष =साझेदारीमा समस्या आउने देखिन्छ । आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ, द्रब्य प्राप्तिको पनि योग रहेको छ ।
बृष =परिस्थिति अनुसारको काम कारोबार हुनेछ।घरपरिवारले सहयोग गर्नाले मन हर्षित हुनेछ। मांगलिक कार्यमा सहभागी हुन सक्ने योग रहेकोछ।
मिथुन =खर्चको मात्रा बढेर जानेछ।धेरै काम ब्यबहारमा चासो रहनेछ।नया नया कामको अवसर आउनेछ। पारिबारिक सहकार्यको बिकास हुने देखिन्छ।
कर्कट =आंट साहस ले गर्दा जोखिमपूर्ण काममा सफलता मिल्नेछ। इष्टमित्र तथा परिवारमा रमाइलो हुनेछ। मिष्ठान्न भोजन प्राप्ती हुने देखिन्छ। सामाजिक कार्यको थालनी हुनेछ।
सिंह =समय मध्यम तरिकाले बित्ने देखिन्छ। समयको महत्व बुझेर कारोबारमा हात हानुपर्ने देखिन्छ।जोखिम मोलेर गर्नुपर्ने काम कारोबारमा हात नहाल्नुनै बुद्धिमानी हुनेछ।
कन्या =काम कारोबार प्रति लगनशीलता रहनेछ जसको फाइदा आफैलाइ हुनेछ। समयको माग अनुसार काम कारोबार हुनाले मन सन्तोष रहने देखिन्छ ।
तुला =चिसो सम्बन्धी रोगले सताउन सक्नेछ सतर्क रहनुहोला।धेरै काम ब्यबहारमा चासो रहनेछ।लामो यात्राको योग रहनेछ।नया नया कामको अवसर आउनेछ।
बृश्चिक =गलत विचार मनबाट हट्नेछ । स्वास्थ्यम सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । आफन्तबाट सामान्य सहयोग पाईनेछ ।
धनु =समय कमजोर देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । अपरान्ह देखि काममा सुधार आउनेछ । निर्णय क्षमता बढ्नेछ । आफ्नै पहलमा रोकिएका काम अगाडि बढ्ने छन्।
मकर =काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ ।
कुम्भ =नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मीन =सोचे जस्तो कहि कतै हुने छैन । अर्थ अभावको कारण योजना अगाडि बढाउन गाह्रो हुनेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ ।
ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९