डा. प्रकाशशरण महतले छहरे महोत्सवको उद्घाटन गर्ने

तारकेश्वर फागुन १३ नुवाकोटको लिखु गाउँपालिकामा भोलिदेखि शुरु हुने प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ को उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशशरण महतले गर्ने भएका छन् ।

‘समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला,संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ छहरे चोकनजिकैको लिखु बगरमा फागुन १४ गतेदेखि संचालन हुने महोत्सव फागुन २२ गतेसम्म संचालन हुनेछ । महोत्सवको तयारी पूरा भएको महोत्सवका संयोजक शेरबहादर केसी (सानु) केसीले जानकारी दिए ।

महोत्सवमा एक सय ५० स्टल रहनेछन् ।महोत्सव झन्डै दुई लाख दर्शकले अवलोकन गर्नेअपेक्षा राखिएको छ ।