नुवाकोटका प्रमुख जिल्ला अधिकारी ढकालको सरुवा

नुवाकोट फागुन, १४ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । शुक्रवार गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्दा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको पनि सरुवा भएका हुन् ।

ढकाल अध्यागमन विभाग कालिकास्थान काठमाण्डौमाा काज सरुवा भएका छन् । साथै शुक्रबार रसुवा र धादिङका प्रमुख जिल्ला अधिकारी पनि सरुवा भए ।

मन्त्रालयले नुवाकोटको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपामा जीवनप्रसाद दुलाललाई नियुक्ति गरेको छ । दुलाल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत थिए ।

नुवाकोटमा अवैध रुपमा खोला दोहन भइरहेको समयमा सिडियो ढकालले अवैध क्रसर बन्द गरि सर्वाेच्च अदालतको आदेश कार्यान्यन गरेर कुशल प्रशासकको जिम्मेवारी निभाएका थिए ।

१६ फाल्गुन २०७७, आईतवार