काभ्रेको बनेपामा महिनावारी सम्बन्धमा सचेतना कार्यक्रम सम्पन्न

काभ्रे फागुन, १४ । काभ्रे जिल्लाको बनेपामा महिलाहरुको महिनावारी सम्बन्ध बारे शुक्रबार बेलर इन्टरनेस्नल एकेडेमि विध्यालयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

“नयाँ युवा नयाँ सोचू सेवा” समाज र बेलर इन्टरनेस्नल एकेडेमिको आयोजना तथा सहयोगि संस्था रोटरी क्लव अफ पनौति, गिफ्ट फर गर्ल्सको सहकार्यमा “महिनावारी सम्बन्धि सचेतना” विषयमा विद्यालयका छात्राहरुलाई सचेत गराएको हो।

बेलर इन्टरनेस्नल एकेडेमि विध्यालयमा अध्ध्यनरतनरत कक्षा ५ देखि कक्षा ९ सम्मको महिला बिध्यार्थिहरुलाई महिलाको नियमित प्रकृया महिनावारीको बेलामा सरसफाई, खानपान आदिमा हुनसक्ने समस्या, गर्न हुने र गर्न नहुने क्रियाकलापका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा महिनावारीसँग सम्बन्धित विभिन्न तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्ष र हाम्रो देशको सुदुरपश्चिमी भेगको अझैँ व्यापत्त रहेको छाऊपडि जस्ता कुरितीका बारेमा पनि छोटो जानकारी गराउनुका साथै सहभागि महिला विद्यार्थीहरुलाई स्यानिटरी प्याड पनि उपलब्ध गराइएको नयाँ युवा नयाँ सोच काभ्रे शाखाका प्रबक्ता लक्ष्मण मगरातीले बताए ।

बेलर इन्टरनेस्नल एकेडेमि बनेपाले महिनावारी सम्बन्धि सचेतना मुलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।