नुवाकोट लिखुको वडा नं ४ का वडाध्यक्षको निधन

नुवाकोट फागुन,१६ । नुवाकोट लिखु गाउँपालिका वडा नं ४ का वडाध्यक्ष दलबहादुर राईको मृत्यु भएको छ ।

राई विगत लामो समयदेखि मृगौला रोगबाट पिडिति थिए । वडाध्यक्ष राईको शनिबार राती ललितपुरको सुमेरु अस्पतालमा निधन भएको उनका आफन्तले बताएका छन् ।

रााष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुवाकोटको लिखु गाउँपालिका वडा नं ४ मा वडाध्यक्षमा निर्वाचित राई कुशल जनप्रतिनिधि थिए ।

तत्कालिन स्थानीय तहको निर्वाचनमा नुवाकोटमा राप्रपाबाट एकमात्र निर्वाचित वडाध्यक्ष राई मात्र थिए । वडाध्यक्ष राईका ३ छोरो र ३ छोरी रहेका छन् ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि घरमा राखिएको छ । विहान ८ बजे राप्रपा नुवाकोटले विशेष सम्मान दिएर दाहासंस्कार गर्ने कार्यक्रम रहेको छ।