आज मिति २०७७ साल फागुन १७ गतेको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन १७ गते सोमबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
फाल्गुन कृष्णपक्ष द्वितीया दिउसो ११:०४ बजेसम्म
नक्षत्र-उत्तर फाल्गुनी१०:०५ बजे सम्म त्यसपछि हष्ता
योग-शूल दिउसो १:१०बजेसम्म
करण-गर बिहान ८:५६ बजेसम्म
चन्द्रमा- कन्या राशि
तदनुसार मार्च १ २०२१

आजको राशिफल

मेष =दाम्पत्य सुखमय बन्नेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ।

बृष =स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

मिथुन =मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। काम बिग्रने डरले सताइरहनेछ। प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ।

कर्कट = कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ।

सिंह =समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

कन्या =गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्।

तुला =काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। खर्च बढ्नेछ।

बृश्चिक =पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ।

धनु =आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ।

मकर =प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ।
कुम्भ =रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ।

मीन =कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ। पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला।

ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९