अन्तर्राष्ट्रिय महिला दिवसको दिन ललितपुरमा साइकल र्याली हुने

ललितपुर, १७ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको दिन ललितपुर महानगरपालिकामा साइकल र्याली हुने भएको छ ।

१ सय ११औँ महिला दिवसको दिन फागुन २४ गते सोमबार ‘महिला सशक्तिकरणको लागि पुरुषको सहभागिता अपरिहार्य’ भन्ने नाराका साथ साइकल र्याली हुन लागेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

१११औँ अन्तराष्ट्रिय महिला दिवसको विश्वव्यापी नारा ” women  is leadership : Achieving an equal  future in a COVID – 19 world” भन्ने रहेको छ ।

त्यस्तै नेपालको राष्ट्रिय नारा ‘महिलाको सुरक्षा ,सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने रहेको छ ।

ललितपुर महानगरपालिकाले आयोजनामा गर्न लागेको उक्त साईकल र्याली जाउलाखेल चोकमा फागुन २४ गते बिहान ७ बजेबाट सुरु हुनेछ ।