ओली निकट राष्ट्रिय युवा संघ नेपाल नुवाकोटको कार्यकर्ता भेला हुने

तारकेश्वर फागुन,१७। प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा संघ नेपाल नुवाकोटको नेता तथा कार्यकर्ताहरुको भेला हुने भएको छ ।

hims school

भेला राष्ट्रिय युवा संघ नेपाल, नुवाकोट काठमाडौं अन्तर जिल्ला कमिटीको आयोजनामा हुन लागेको हो ।

कार्यकर्ता भेलामा पूर्व उधोग वाणिज्य तथा आपूर्ति मन्त्री तथा नेकपा केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यता रहने ओली निकट अनेरास्ववियु नुवाकोटका सचिव प्रसान्त जंग पाण्डेले तारकेश्वर अनलाईन जानकारी दिए ।