आज मिति २०७७साल फागुन १८ गतेको राशिफल
आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन १८ गते मंगलबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
फाल्गुन कृष्णपक्ष तृतीया बिहान ९:०२ बजेसम्म
नक्षत्र- हष्ता बिहान ८:४५ बजे सम्म त्यसपछि चित्रा
योग-गण्ड बिहान ९:३९बजेसम्म
करण-बव दिउसो४:४० बजेसम्म
चन्द्रमा- कन्या राशि बेलुका ८:०० बजेसम्म त्यसपछि तुला
तदनुसार मार्च २ २०२१
आजको राशिफल
मेष =असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
बृष =काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला।
मिथुन = दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ। अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ।
कर्कट =लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।
सिंह =विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्या देखापर्ला । मेहनतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्।
कन्या =आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ ।
तुला =ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस्।
बृश्चिक =सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ।
धनु =दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्ला।
मकर =व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
कुम्भ =समय खासै राम्रो छैन होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन भने स्वास्थ्यले पनि साथ नदिन सक्छ, कोहिसंग सामान्य बादबिवाद पनि होला ।
मीन =काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन । व्यवारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला, घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन ।
ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९