आज मिति २०७७ साल फागुन १९ गतेको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन १९ गते बुधबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
फाल्गुन कृष्णपक्ष चतुर्थी बिहान ६:४८ बजेसम्म त्यसपछि पंचमी
नक्षत्र- चित्रा बिहान ७:१३ बजे सम्म त्यसपछि स्वाति
योग-ध्रुव भोलि राति २:४६बजेसम्म
करण-कौलव दिउसो १:५५ बजेसम्म
चन्द्रमा- तुला राशि
तदनुसार मार्च ३ २०२१

आजको राशिफल

मेष =समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ ।

बृष =अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

मिथुन =दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ ।

कर्कट =रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ ।पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।

सिंह =यात्राको सम्भावना देखिन्छ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । आफन्तबाट सामान्य सहयोग पाईनेछ ।

कन्या =कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ ।

तुला =काममा जोश आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन।

बृश्चिक =आर्थिक कारोवारमा बढि ध्यान दिनु होला । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । गलत विचार मनबाट हट्नेछ । स्वास्थ्यम सुधार आउनेछ ।

धनु =अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ

मकर =आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ, अन्न तथा धनको पनि लाभ होला ।

कुम्भ =अन्य क्रियाकलापमा ध्यान जादा पढाइ लेखाइ अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ ।

मीन =काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९