आज मिति २०७७ साल फागुन २१ गतेको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन २१ गते शुक्रबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
फाल्गुन कृष्णपक्ष सप्तमी राति ११:४२ बजेसम्म
नक्षत्र- अनुराधा भोलि बिहान ४:१७ बजे सम्म त्यसपछि ज्येष्ठा
योग-हर्षण राति ८:५५बजेसम्म
करण-बिष्टि बिहान ९:२७ बजेसम्म
चन्द्रमा- वृश्चिक राशि
तदनुसार मार्च ५ २०२१

आजको राशिफल

मेष =परोपकारी भावना जागृत हुनाले तारिफ योग्य कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन्।

बृष =छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । नियमित काम सम्पादन हुनेछन् । बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

मिथुन =काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहने छ । लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउने छ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने छ ।

कर्कट =मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

सिंह =अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ।

कन्या =पति पत्नीमा पनि अविश्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ।

तुला =अवसर आए पनि हडबडीले काम बिग्रन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला।

बृश्चिक =साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।

धनु =अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले काम रोकिन सक्छ, दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ। महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मकर =व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ =अचल धनको उपयोगबाट सामान्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आफ्नो रकम अरुले प्रयोग गर्लान्। आम्दानी सुरक्षामा समस्या पर्न सक्छ।

मीन =सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिने छ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ ।

ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९

२१ फाल्गुन २०७७, शुक्रबार