तारकेश्वर वडा नं २ मा सेवाग्राहीको भीडमात्र, काम भने सुस्त

तारकेश्वर २१, फागुन । तारकेश्वर नगरपालिकाको वडा नं २ मा अन्य वडाको तुलनामा सेवाग्राहीको भीड देखिएको छ ।
तारकेश्वर नगरपालिका वडा नं २ मा सेवाग्राहीको चाप अत्यधिक हुनुको मुख्य कारण वडामा हुनेगरेको कामको ढिलासुस्तीलाई लिन सकिन्छ ।
एउटा सानो काम गर्न पनि घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता रहेको स्थानिय बासिन्दाले तारकेश्वर अनलाईनसँगको कुराकानीमा बताए ।
एउटा नक्सा पास गर्न जाँदा दिनै वित्ने उनिहरुको भनाइ रहेको छ ।
वडा नं २ मा नक्सा पास, जग्गाको कित्ताकाट, र राजश्व बुझाउने सेवाग्राहीको भीड अत्यधिक हुनेगरेको वडाध्यक्ष रविन्द्र केसीले स्वीकार गर्छन ।
काममा ढिलासुस्ती भएको म मान्छुः वडाध्यक्ष
तारकेश्वरको वडा नं २ मा सेवाग्राहीको भिड हुनु र काममा ढिलासुस्ती हुनुको मुख्य कारण वडामा भौतिक स्रोत र कर्मचारी व्यवस्थापन नभएकोले समस्या भएको वडाध्यक्ष केसीको स्वीकारोक्ति छ ।
‘वडा कार्यालयमा कम्प्युटर र कम्प्युटर चलाउने दक्ष कर्मचारीको नै अभाव देखिएको छ ।’
उनले भने , ‘वडामा कर्मचारी संख्या न्यून हुनुपनि ढिलासुस्तीको कारण हो ।’
कुनै वडामा भने एसी सहितको व्यवस्था तर वडा नं २ मा सोलालको पनि व्यवस्था गरिएको छ ।
नगरपालिका र अधिकांश वडा कार्यालयमा एसीसहित सोलारको व्यवस्था भएपनि वडा नं २ मा वैकल्पिक उर्जाको व्यवस्था नहुँदा बत्ती गएको समयमा सेवाग्राहीलाई सेवा दिन नसकेको वडाध्यक्ष केसीको भनाइ छ ।
वडामा हुने कार्यसम्पादनमा ढिलासुस्ती र समस्या रहेको बारेमा नगरपालिकालाई जानकारी गराएको भएपनि नगर प्रमुखले बेवास्ता गरेको वडाध्यक्ष केसीको दावी छ ।