सरकार र विप्लव विच तीनबुँदे सहमतिमा हस्ताक्षर , शान्तिपूर्ण राजनीतिमा आउने

काठमाडौं २२, फागुन । सरकार र विप्लव समुहको नेकपा बिच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिमा शुक्रबार हस्ताक्षर गरेका हुन ।
साथै उनले आफु सरकारसँग गरेको सहमति प्रति प्रतिवद्ध भएको र पालना गर्ने बताउँदै कुनै पनि किसिमको आशंका र कुतर्क नगर्न बताएका छन् ।
नेपाल सरकार र विप्लव समुहको नेकपा बिच शान्तिपूर्ण रुपमा देशको राजनितिक समस्या समाधान गर्ने सहमति भएको छ।
२२ फाल्गुन २०७७, शनिबार