सरकार र नेकपा विप्लव समुहको सहमतिमा फौजदारी अपराधका दोषीलाई उन्मुक्तिः दण्डहीनता बढाउने कार्य

काठमाडौं २२,फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव समूहले फागुन २० गते विहिबार सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेको छ ।

फागुन २१ गते सरकार र विद्रोही नेकपा विप्लव समूह बिच भएको वार्ता र सहमतिले नेपालको लोकतन्त्र र मानवअधिकारको संरक्षणमा एक आयाम थप भएको मानवअधिकारवादी संस्थाहरुले बताइरहेका छन् ।

हिजो भएको विद्रोही र सरकार बिचको वार्ताले विप्लव समूहका थुनामा राखिएका राजनितिकर्मी तथा फौजदारी अपराधका दोषी सबैलाई निशर्त रिहा गर्ने सहमतिले समाजमा दण्डहीनता बढाउने कार्यलाई उन्मुख गराउने मानवअधिकारवादी संस्था न्यायका लागि मानव अधिकारले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

न्यायका लागि मानव अधिकार ले शुक्रबार विज्ञप्ति जारी गर्दै दण्डहीनतालाई प्रसय नदिन अपिल समेत गरेको हो ‌।

सरकार र विप्लप समूह बिच भएको सहमतिका बुँदाहरु

– नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक समस्याहरुको समाधान संवादका माध्ययमबाट गर्ने,

– आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा  सञ्चालन गर्ने,

– नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टी  माथीको प्रतिबन्ध हटाउने,

सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने

२२ फाल्गुन २०७७, शनिबार