आज अन्तराष्ट्रिय नारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
तारकेश्वर २४, फागुन । आज १ सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
अन्तर्राष्ट्रिय स्तरमा ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने नारा भएपनि नेपालमा भने “महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध: नेपालको आधार” भन्ने नाराका साथ १११औँ अन्तराष्ट्रिय महिला दिवस मनाईंदैछ ।
महिला दिवसको अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिएका छन् ।
समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाको आन्दोलनले संस्थागत स्वरूप ग्रहण गरेको १०७ वर्ष पूरा भएको छ ।
सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिला कारखानाका मालिक विरूद्ध सडकमा उत्रेका थिए ।
सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तराष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले महिलाले आन्दोलन शुरु गरेको दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेयता हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ ।