बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
तारकेश्वर २४, फागुन । दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
ना४ख ९०१६ नम्बरको बसले भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकललाई गएराति करिब १० बजे तिर लमही नगरपालिकाको उचानिम्बु भन्ने ठाउँमा ठक्कर दिँदा लमही नगरपालिका वडा नं ८ निम्बुखुटी बस्ने वर्ष ३० को प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जानकारी आएको छ ।