बागमती प्रदेशको उपसभामुख राधिका तामाङले दिइन १११औँअन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

तारकेश्वर २४, फागुन। बागमती प्रदेशकि उपसभामुख राधिका तामाङले १ सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।
सोमबार शुभकामना पत्र प्रकाशन गर्दै उपसभामुख तामाङले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरुलाई शुभकामना व्यक्त गरेकी हुन् ।
आज २१ औँ शताब्दीमा पनि लैङ्गिक विभेद बलात्कार र बेचबिखन जस्तो कलंकबाट मुक्त हुन नसक्नु दुखद कुरा भएको तामाङले बताइन्।
