आज मिति २०७७ साल फागुन २५ गतेको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन २५ गते मंगलबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
फाल्गुन कृष्णपक्ष एकादशी दिउसो ४:२१ बजेसम्म
नक्षत्र- उत्तरषाढा राति ९:५७ बजे सम्म त्यसपछि श्रवण
योग-वरियान दिउसो १२:४६बजेसम्म
करण-बालव दिउसो ३:२१ बजेसम्म
चन्द्रमा- मकर राशि
तदनुसार मार्च ९ २०२१
आजको राशिफल
मेष =अर्थपूर्ण काम कार्यको सुरुवात रहनेछ ।घर परिवारमा रमाइलो हुनेछ। आर्थिक उपलब्धिका श्रोतहरु प्राप्तहुनेछन। मनमा केही शंका रहन भने सक्नेछ ।
बृष =मनमा सद्बिचार कायम रहनेछ। कुनै काम कारोबार गर्दा ध्यान दिएर लगनशिल स्वभाबमा गर्नुहोला। साथिभाइ तथा आफन्त बाट जस अपजस पाइनेछ ।
मिथुन =मनमा चंचलता र भयले सताउने छ। काम कारोबारमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्नेछ खान पिनमा बिचार पुर्याउनुहोला।
कर्कट =परोपकारको क्षेत्रमा मन जानेछ, समाजले प्रशंसा गर्नेछन् ।बोलिचालीको प्रभाव ले महत्त्वपूर्ण काम कारोबारमा सफलता मिल्नेछ ।
सिंह =काम कारोबारमा जटिलता थपिन सक्नेछ भने बिजय तपाईं कै हातमा छ। मनमा आनन्द प्राप्ती हुनेछ ।
कन्या =साथिभाइ अनि इष्टमित्रको सहयोगमा महत्वपुर्ण काममा सफलता मिल्नेछ। अध्यन अध्यापनको क्षेत्रमा प्रगती हुनेछ सबैले प्रशंसा गर्नेछन्।
तुला =व्यापार ब्यबसायमा सोचे अनुरुपको सफलता मिल्नेछ । सरकारी निकायले प्रशंसा गर्नेछ। मनमा खुसी अनि उमंग रहने योग देखिन्छ ।
बृश्चिक =कुनै पनि काम कारोबारमा गर्दैहुनुहुन्छ भने ख्याल पुर्याउनु नै उत्तम हुनेछ अन्यथा घाटा आफैले बेहोर्नुपर्नेछ। मन अतालिन सक्नेछ ।आफुले गरेको परिश्रम र मेहेनत अनुरुप सफलता नमिल्दा मनमा नैरस्यता रहनेछ।
धनु =तपाइँको बोलिमा मिठासपूर्ण अभिव्यक्ति रहन सक्नेछ । मनमा सकारात्मक सोचाइ रहनेछ।महत्त्वपूर्ण काम कारोबारको थालनी हुन सक्नेछ ।
मकर =अध्यन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ। बोलिको प्रभाव रहनेछ। महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। रमाइलो यात्राको योग रहनेछ।
कुम्भ =स्वास्थमा सुधार हुँदै जानेछ ।पढाई लेखाइमा सफलता मिल्नेछ। आन्तरिक उर्बरता बढ्नेछ। अनुसन्धानात्मक कार्यमा सफलता पाईनेछ।
मीन =अर्थपूर्ण काम कार्यको सुरुवात रहनेछ ।घर परिवारमा रमाइलो हुनेछ। आर्थिक उपलब्धिका श्रोतहरु प्राप्तहुनेछन। मनमा केही शंका रहन भने सक्नेछ ।
ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९