क्यान्टोन्मेन्टको १९ अर्बको हिसाबको छानबिन गर्न विप्लवको माग
तारकेश्वर २५, फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बौँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब गर्न माग गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा गत साता मात्रै प्रतिबन्ध फुकुवा भएको थियो ।
विप्लवले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै क्यान्टोनमेन्टमा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न बताइरहेका छन्।
विप्लवले आफ्नो गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको भएतापनि वेवास्ता गरिएको बताए ।
१९ अर्ब रुपैयाँको कुरा छ त्यसको खोजीनीति हुनुपर्छ: विप्लव
२० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रति सेना ५ हजारका दरले पैसा संकलन गरिएको र क्रान्तिका निम्ति भन्दै संकलित त्यो पैसा कहाँ गयो त्यस्मा विप्लवले गम्भिर प्रश्न उठाएका छन ।
विप्लवले कार्यक्रममा बोल्दै भने – १९ अर्ब रुपैयाँ सानो रकम नभएको र त्यसको खोजीनीति हुनुपर्छ ।
२५ फाल्गुन २०७७, मंगलवार